नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२६ साउन।
सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले बिहीबारदेखि डायलाइसिसको उपचार सुरु गरेको छ । बिहीबार डा.दिनेश रेग्मीको टोली र तालिमप्राप्त नर्स अस्मिता भुषालको टोलीले मृगौलाका बिरामी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका पदम बहादुर थपलियाको डायलाइसिस गर्दै सेवा सुरु गरेको हो ।
बागमती प्रदेश सरकारको सहयोगमा सुरु भएको सेवाको गत शनिबार बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शुभारम्भ गर्नुभएको थियो ।
धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको बताउनुभयो । चार वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने उहाँको भनाई छ ।
सेवा शुभारम्भ भएसँगै जिल्ला बाहिर पुगेर डायलायसिस गराईरहेका विरामीहरुलाई खवर गरिरहेको र उहाँहरु अब आफ्नै जिल्लामा डायलायसिस सेवा लिन आउने अस्पतालका सूचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो ।
धादिङमा डायलाइसिस सेवा नहुदा नागरिकहरुलाई काठमाडौँ, चितवन लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।अहिले जिल्लामै उक्त सेवा शुभारम्भ भएपछि डाएलाइसिस गराउनुपर्ने बिरामीहरुलाई सहज भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |