Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

सिसडोलकै फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

नीलकण्ठ एफ.एम २४९१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २३, सोमबार (३ साल अघि)
सिसडोलकै फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

काठमाडौं, साउन २३ गते । 

असार महिना लागे यता सिसडोलको फोहोरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहोर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहोर लैजानका लागि यसअघि फोहोर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहोर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।

बञ्चरेडाँडामा केन्द्रमा फोहोर विसर्जन गर्न थाल्दा काठमाडौं उपत्यकावासीमा फोहोरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षमा सिसडोल भरिएर नियमित रुपमा फोहोर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहोरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहोर लैजान अवरोध सिर्जना गरिरहेको छ ।

सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौंको फोहोर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहोरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चाररपाँच घण्टा अवरोध गरिरहेको काठमाडौं महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताउनुभयो ।

उपत्यकाबाट फोहोर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ । खासगरी त्रिशूली–बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक–पटक आन्दोलन भइरहेको छ । दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुबै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निर्णय आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक–पटक आन्दोलन हुँदा फोहोरको गाडी रोकिने गरेको छ ।

तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक छ । सिसडोलको फोहोरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताउनुभयो । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहोरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक साँघुरो छ । फोहाेरको डङ्गुर माथि लैजानुपर्छ ।”

नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताउनुभयो । पहिले निर्माण गर्दा  यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो ।”

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहोर नियमित जान सकिरहेको छैन । दैनिक चार–पाँच घण्टा रोकिँदा पनि काठमाडौंमा फोहाेर प्रभावित हुने र समस्या बढ्ने उहाँले बताउनुभयो । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहीवार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो । उहाँले भन्नुभयो, “बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ ।”

स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ । पानी परेको दिनमा पानी हालिरहेको उहाँले बताउनुभयो । सिसडोलमा फोहोर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहोरको समस्या बढ्ने गरेको हो । पहिलो सिसडोलमा लैजाँदा र अहिले बञ्चरेडाँडामा लैजाँदा सडकको समस्या करिबकरिब उस्तै रहेको प्रमुख राईले बताउनुभयो । गत वर्षहरुमा सिसडोलमा केन्द्र भरिएपछि त्यही फोहोरबाट गाडी चढेर जानुपर्दा वर्षामा समस्या हुने गरेको थियो । त्यतिबेला क्षमताभन्दा बढी फोहर हुँदा फोहोरको पहाड चढेर ट्रकमाथि जानुपर्ने अवस्था थियो । अहिले त्यही फोहोरको बीचबाट खुलेको सडकबाटै लानुपर्दा समस्या उस्तै भएको हो ।

विभागले तीनपिप्ले–सिसडोल सडकमा मर्मत गरेर तत्कालका लागि सवारीसाधन चालु गर्नुपर्ने भएकाले मर्मतको काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले बताउनुभयो । खाल्डाखुल्डी रहको ठाउँमा टाल्ने र ग्याबिन जाली हाल्ने र कतिपय स्थानमा ढलान गरिरहेको उहाँले बताउनुभयो । मर्मत गर्दा कहिलेकाहीँ सवारीसाधन आवागमन नै रोक्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक ढलान गर्दा एक–दुई दिन नै गाडी चलाउन नमिल्ने हुन्छ ।”

विभागले नै बञ्चरेडाँडामा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरेको हो । एउटा खण्डमा सम्पन्न भएपछि गत जेठबाठ नै फोहोर बिर्सजन थालिएको थियो । अर्को खण्डमा पनि काम अन्तिम चरणमा पुगेको महानिर्देशक दङ्गालले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षाका कारणले थोरै काम मात्रै गर्न बाँकी छ । उहाँले भन्नुभयो, “घाम लागेपछि केही दिन काम गरेपछि नै सम्पन्न हुन्छ र हामीले हस्तान्तरण गर्न सक्नेछौँ ।”

उपत्यकामा जताततै थुप्रिएको फोहोर तत्काल व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने सडक बनाउनुपर्ने भएपनि दीर्घकालीन समाधानका लागि स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने वातावरण विज्ञ प्रकाश अमात्यले बताउनुभयो । फोहोरको गाडी बस्तीबाटै जाँदा बस्तीमा नै समस्या हुने भएकाले त्यसका लागि शहरबाट नै छुट्टै सडक बनाउनुपर्नेमा उहाँको जोड छ । बाटो बनाएर ट्रकमा काठमाडौंको फोहोर लैजाँदैमा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुने अमात्यको भनाइ छ । अहिले हामीले जसरी फोहोर फालिरहेका छौँ त्यसरी नै गर्दा बञ्चरेडाँडा केही वर्षमा भरिने र जति ल्याण्डफिल्ड साइट नयाँ बनाउँदै जाँदा पनि भरिरहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दीर्घकालीन रुपमा यसलाई स्रोतमा नै सम्बोधन गर्नुपर्छ ।”

अहिले महानगरपालिकाले केही वडा बाहेक अधिकांश वडामा आफ्ना सवारीसाधन पठाएर फोहोर सङ्कलन गरिरहेको छैन । केही निजी संस्थाहरुले उपभोक्तासँग रकम लिएर त्यस बापत फोहोर सङ्कलन गरिरहेका छन् । ती संस्थामध्ये धेरै कानुनी रुपमा दर्ता नभएका र महानगरपालिकाले निजीले फोहर सङ्कलन गर्नै वडामा आफ्नो जिम्मेवारी न भएको बताउँदै आएको पाइन्छ ।

निजी सङ्कलन गर्नेले आफैँ फोहर फाल्ने ट्रक, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर काम गरिरहेका छन् । महानगर वा नगरपालिकाले आफूसँग पर्याप्त उपकरण, सवारीसाधन र जनशक्ति नभएकै कारण ‘म आफैँ गर्छु’ भनेर पनि आँट गर्न नसकेको उहाँले बताउनुभयो । फोहोर व्यवस्थापनमा स्थानीय सरकारको हिसाबले जिम्मेवारी स्थानीय तहको भएको र नागरिकले कर तिरिरहेकाले पनि जिम्मेवारी उनीहरुले लिनुपर्ने अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फोहर सङ्कलन गर्ने निजी क्षेत्र कानुनले चिन्दैन । फोहर उठाउन बाध्याकारी छैन ।”

पूरा हुँदै ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट’
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट झण्डै १७ वर्षपछि मात्रै सम्पन्न हुन लागेको छ । सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले विसं. २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा साइट बनाउने निणर्य गरेको थियो । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गरेर विसर्जन गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने विभागले बताउँदै आएको छ ।

सरकारले झण्डै तीन दशक पहिले नै फोहोर व्यवस्थापनका लागि उपयुक्तस्थल भन्दै पहिचान गरेको थियो । केही समय काठमाडौंको फोहोर गोकणर्स्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । अत्यधुनिक ल्यान्डफिल साइट बनाउन तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्न थालियो । झण्डै १७ वर्षसम्म उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिएको थियो ।

फोहोर बोक्ने सवारीसाधनका लागि ‘डेडिकेटेड सडक’
समय समयमा सडकका कारण फोहोर उठ्न नसकेको कुरा हुँदा वा स्थानीयबासीले फोहोरका कारण दुर्गन्ध फैलिएको कुरा उठाउँदा ‘डेडिकेटेड’ सडक निर्माणको कुरा पनि उठ्ने गरेको छ । फोहोरका गाडी मात्रै बोक्नका लागि छुट्टै सडक हुँदा मानव स्वास्थ्यमा असर कम हुनसक्ने गरी यसमा छलफल भइरहेको हो । सडक विभागले सिसडोल–बञ्चरेडाँडा सडक पहिले फोहोर विसर्जनकै लागि अहिले प्रयोगमा रहेको सडक ‘डेडिकेडेट’ बनाएको महानगरले जनाएको छ ।

यो सडक फोहोरमाथि खण्डबाहेक कालोपत्र भइसकेको छ । सडक बनेसँगै मानव बस्ती बनेकाले अहिले त्यसको वैकल्पिक सडक बनाउने गरी छलफल भइरहेको छ । ओशो तपोबनबाट निकुञ्ज बाटो हुँदै मानव बस्ती नभेटिने गरी सडक बनाउन सकिने बताइएको छ । जहाँ सडक बन्छ त्यहाँ बस्ती बस्न थाल्दा भने बस्ती र फोहोर बोक्ने सडक अलग हुन नसक्ने कामपा, वातावरण विभाग प्रमुख राईको भनाइ छ ।

नियमित उठ्दा उपकरण पर्याप्त छ, नियमित नहुँदा कम हुन्छ : महानगर
काठमाडौं महानगरपालिकाले नियमित रुपमा फोहोर उठिरहँदा आफूसँग भएको सवारीसाधन र उपकरण अपर्याप्त नभएको जनाएको छ । लामो समयसम्म थुप्रिएको फोहोर ठूलो परिमाणमा एकै पटक उठाउनुपर्दा भने यी सामग्रीको कमी हुने गरेको छ ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0