Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदैनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदै
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षरनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर
  • अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथमअन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम
  • ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)
  • नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणानीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा
  • नेत्रावती डबजोङमा नसर्ने रोगहरुको स्कृनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्ननेत्रावती डबजोङमा नसर्ने रोगहरुको स्कृनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

२४२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (१० महिना अघि)
एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

पर्सा, १८ साउन ।
वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।

आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा रु एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएकोे छ ।

सो समीक्षा अवधिको तुलनामा रु ९१ अर्ब ८५ करोड ४१ लाख बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०७७/७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको दुई लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा रु १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको दुई लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताउनुभयो । सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ ।

वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा रु ४६ अर्ब १४ करोड ४० लाख राजस्व सङ्कलन गरेको तुलनामा गत आवमा ४४ अर्ब दुई करोड २८ लाख बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको बताउनुभयो ।

वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ :  नेपाल टेलिकम

    ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

  • नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

    नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

  • ‘बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउ’

    ‘बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउ’

  • बेनिघाट रोराङ गाउपालिका द्धारा पालिका स्तरिय पोषणकेन्द्रको स्थापना

    बेनिघाट रोराङ गाउपालिका द्धारा पालिका स्तरिय पोषणकेन्द्रको स्थापना

  • समाचार
    ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ :  नेपाल टेलिकम

    ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

    नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

    नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

    ‘बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउ’

    ‘बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउ’

    बेनिघाट रोराङ गाउपालिका द्धारा पालिका स्तरिय पोषणकेन्द्रको स्थापना

    बेनिघाट रोराङ गाउपालिका द्धारा पालिका स्तरिय पोषणकेन्द्रको स्थापना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0