कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१८ साउन।
पछिल्ला दिनहरुमा सवारी दुर्घटनाका समाचारहरु आईरहेका छन् । दुइपांग्रे सवारी साधन दुर्घटनाका समाचारहरु अधिक रहेका छन् । चारपांग्रे साना सवारी साधनहरु पनि अधिक दुर्घटना भैरहेका छन् भने ठूला ह्येभ्भी सवारी साधनहरुको दुर्घटनाका दरको गती पनि घटिरहेको छैन ।
ट्राफिक प्रहरी, जनपद प्रहरी लगायतका सुरक्षा निकायहरुबाट सवारी दुर्घटना न्यूनिकरणका लागि काम भरिरहेका छन् तर, विभिन्न कारणहरु जोडिएर आएकोले दुर्घटनाहरु बढिरहेको अनुमान गरिएको छ ।
सवारी साधन दुर्घटनाका प्रमुख कारणहरु मध्ये सडकको दुरावस्था पनि एक महत्वपूर्ण कारण हो भने मदिरापन लगायतका मादक पदार्थको सेवन, ओभर स्पिड सवारी संचालन लगायतका कारणहरु पनि प्राथमिकीकरणमा केही तलमाथि हुन सक्छ तर, वास्तविकता लाई लुकाउन सकिदैन र हुँदैन पनि ।
अहिले जतिपनि स्थानमा ठूलो दुर्घटनाहरु देखिएका छन् तिनीहरु मध्ये धेरै दुर्घटना मदिराजन्य कारण भैरहेको अनुमान गरिएको छ, त्यस खालका सवारी दुर्घटनाको संख्या कम भए पनि क्षतिको मुल्याँकन गर्ने हो भने ठूलो दुर्घटना मान्न सकिन्छ । किनभने यातायातमा सवार नागरिकहरु मध्ये कति जनाको स्वास्थ्य अवस्था विग्रियो ? वा सवार मध्ये कति जनाको मृत्यू भयो ? वा सवारी साधनमा सवार नागरिकको ज्यान नगएको अवस्थामा पनि सवारी साधनमाथि कति क्षति भएको छ भन्ने विषयमा अनुमान गर्नुपर्ने हुन सक्छ ।
हामीले साना प्रकारका वा ठूला प्रकारका सवारी दुर्घटनाहरु सबैलाई संख्यात्मक रुपमा तुलना गर्ने तरिका जुन छ यसले दुर्घटनाको वास्तविकता निकाल्न नसक्दा यातायात संचालकहरुले पनि अवस्था यस्तो त छ नि भन्ने खालका कमजोर तर्क दिने र यातयात संचालन गर्ने गरेको पाइन्छ । यातायात संचालन गर्दा यस्तो त सधैं भैरहेको त छ नि भन्ने खालको तर्क गर्दै मनपरी सवारी संचालन गर्ने र ट्राफिक प्रहरीले रोकेको वा चेक जाँच गरेको बेला नरोकि भाग्ने जस्ता क्रियाकलाप जुन तरिकाले गरिरहेका छौं यो पनि वास्तवमा ठिक छैन ।
हामी आफैं ठीक छौं भने सवारी साधन अवश्य पनि ठीक रहन जान्छ । सवारी साधनले हामीलाई बोक्ने र दौडाउने होइन, मानिसले नै सवारी साधनलाई गाइड गर्ने र हामी जता जता जानुपर्छ त्यतै त्यतै सवारी साधन लैजाने हो यसकारण पनि सवारी साधनमाथि मानिसको नियन्त्रण रहन्छ भन्ने कुराको आम चालकहरुलाई ज्ञान हुन जरुरी छ ।
सवारी साधन जति पावरवाला छ तयति नै दौडने हो भने अवस्था के आउला ? हामी सवारी चलाउनेहरु कुन अवस्थामा रहौला ? कम्तिमा पनि सामान्य भन्दा सामान्य विषयमा सोच्ने बानीको विकास गरौं । एक ठाउँबाट अर्को ठाउँमा जाँदा ओभरटेक गर्दा कति छिटो पुग्न सकिन्छ र पछि पछि लाग्दा कति मिनेट ढिला पुगिएला हिसाव गरौं । सवारी चलाउँदा सडक, समय र यात्रुहरुको अवस्थाको बारेमा ध्यान दिने बानीको विकास गरौं ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।