Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

अर्थमन्त्रीको आह्वान : युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ

नीलकण्ठ एफ.एम ७५७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
अर्थमन्त्रीको आह्वान : युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ

काठमाडौँ, १७ साउन 

अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)द्वारा आज राजधानीमा आयोजित ३०औँ किसान शहीद दिवस तथा ६९औँ भीमदत्त पन्त स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषिमा आधारित उद्योगमार्फत देशमा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो ।

त्यसका लागि किसानको भूमिका ठूलो हुने उहाँको भनाइ छ । “म किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाइँहरुको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति गर्ने गरी अभियान चलाउनुहोस्”, अर्थमन्त्री शर्माले भन्नुभयो, “बुढा किसान खेतबारीको डिलमा उभिनुहोस्, युवा किसानलाई उत्पादनमुखी काममा लगाउनुहोस् ।”

उहाँले श्रम, स्रोत र प्रविधिको परिचालनबाट मात्रै मुलुकलाई समृद्धि पार्न सकिने बताउनुभयो । लघुवित्तले अब सहुलियतपूर्ण ऋण दिने कुरा संसद्ले पारित गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले किसानको घर–खेतमा गएर सहुलियत ऋण लगानी गर्ने कुरा पनि अघि बढाइएको र किसान पेन्सनको कुरा अघि बढाइएको सुनाउनुभयो । उहाँले आजको राष्ट्रियता भनेको सबल अर्थतन्त्र हो भन्नुभयो ।

अर्थमन्त्री शर्माले उत्पादन वृद्धिमा लाग्न आह्वान गर्र्दै आत्मनिर्भर अर्थतन्त्रमा लाग्यो भने मात्रै भीमदत्त पन्तको सपना पूरा हुने बताउनुभयो । तर आयात गरेर खाइरहनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको उहाँले बताउनुभयो । “हामी अहिले पनि तरकारी आयात गरेर खाइरहेका छौँ, जबकि यतिबेला मुलुकले निर्यात गर्नुपर्ने थियो”, अर्थमन्त्री शर्माले थप्नुभयो ।

उहाँले आत्मनिर्भर र उत्पादन वृद्धिका लागि भूमिहीनलाई जमिन उपलब्ध गराई उत्पादनमा जोड्नुपर्ने, पूँजी नहुनेलाई पूँजी दिएर उत्पादनमा लगाउनुपर्ने, औजार नभएकालाई औजार दिएर र श्रमिकलाई तामिल दिई श्रममा जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि नेपालमा सबै उपलब्धता रहेको र त्यसलाई सही व्यवस्थापन र प्रयोगमा उहाँको जोड थियो ।

उहाँले भीमदत्तले सुरु गरेको भूमिसुधारको अवधारणा अझै पूरा नभएकाले सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । परिवर्तनशीललाई पश्चगामी तत्वले रोक्न सक्नेतर्फ सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0