Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

थाहा पाउनुहोस् तपाईको आजको राशिफल

नीलकण्ठ एफ.एम १३८३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ११, बुधबार (३ साल अघि)
थाहा पाउनुहोस् तपाईको आजको राशिफल

धादिङ,११ साउन।

११ साउन २०७९ बुधबार । तद्नुसार जुलाई २७ ।  श्रावणकृष्णपक्ष चतुर्दशी, विष्टि करण, पुनर्वसु नक्षत्र, हर्षण योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः२४ मा भएको छ भने सूर्यास्त ६ः५६ हुनेछ ।

आजका देवता भग र ग्रहदेव सूर्य हुन् । बुधबार आर्थिक कारोबारका लागि शुभ बार मानिन्छ । भनिन्छ, बुधबारको दिन घर व्यवहारसम्बन्धी काम गर्दा शुभ हुनेछ । आज यात्रा गर्नुभन्दा पहिले एक पटक सोच्नुहोस् ।

औँशीको अगाडिको केही दिन यात्रा गर्दा सोच विचार गर्नुपर्दछ ।
आज बिहान १२ः११ देखि १ः५३ सम्मको समय राहुकाल रहेको छ भने ११ः४४ देखि १२ः३८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । हरेक दिन शुभ र अशुभ समय हुन्छ । त्यसैले शुभ समयमा शुभकार्य गर्दा राम्रो हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपाईंले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईको नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ । चन्द्रमाको साथ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज धन लाभ हुनेछ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन् भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन आफ्नो आम्दानीको केही प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0