धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् ।
तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । सबैभन्दा धेरै चित्तल मरेका छन् ।
निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । एउटाको भने कारण खुलेको छैन ।
संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरी शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।
त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण (उमेर पुगेर, विरामी भएर आदी)ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । छ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।
जरायो र बँदेल १०/१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एक/एक वटा मरेका छन् । घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातीका जनावर पनि मरेका छन् ।
निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातीका २२२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए । एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ ।
त्यस्तै, चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एक/एक वटा उद्धार गरिएको उनले बताए । चार लगुना, तीन निर विरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ ।
निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
संरक्षित वन्युजन्तुको चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैंडा शिकारी हुन् । जाजरकोट शिवालय गाउँपालिका–२ डुङग्रा बस्ने विर बहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ बस्ने कमल गुरुङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–१ बस्ने कृष्ण प्रसाद न्यौपाने, कालिका नगरपालिका–२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका–१० बस्ने राम कुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिए ।
त्यस्तै, बाघको छाला बिक्री खरिदको कसुरमा विगत १६ वर्ष देखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णु बहादुर गुरुङलाई पक्राउ गरिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |