Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

नीलकण्ठ एफ.एम २४५९ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १, आईतबार (३ साल अघि)
कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

भैरहवा,०१ साउन।
विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन ।

प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि काम तीव्र गतिमा अघि बढे पनि सकिएन । अहिले पहिलेको प्रतिबद्धताअनुसार निर्माण कम्पनीलाई म्याद थप्न लबिङ सुरु भएको छ । ठेकेदार कम्पनीकाे म्याद थप गर्ने लविङमा बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डे अग्रस्थानमा छन् ।

भित्रभित्रै म्याद थपको लविङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराएका छन् । निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन् । पार्टी आवद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन भ्याइसकेका छन् । विरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग पहुँच बनाएका व्यवसायी हुन् । उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील छन् ।

बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरूसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरू बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२औं संशोधन भई बाटो खोलिएको छ ।

बुटवल चौराह-गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको विरुवाले यसअघि बुटवल-बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल-बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताए ।
पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ । १८ असार २०७८ मा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन । चौराह-गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनीतिक लबिङमा लागेको छ ।

यसअघि बुटवल उपमहानगरपालिका मेयरमा एमालेका शिवराज सुवेदी थिए । उनकै कारण सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डेसहितका कांग्रेस नेताले गरे । चुनावी प्रचारमा यही प्रपोगण्डा तीव्र भयो । कांग्रेसका मेयरका प्रत्यासी पाण्डेले चुनाव जिते । अहिले मेयर भएपछि तिनै पाण्डे नियत ठीक नभएको निर्माण कम्पनीलाई बोकेर हिँडेका छन् ।

सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गरेका थिए । सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौंसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैं गरी यो सडक निर्माणको काम असार मसान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिँडे । अहिले सडक निर्माणको काम त सकिएन नै । अस्पताल लाइनको एकतर्फी एक सय मिटर पीच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ । त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ । दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरु काम नहुँदा झन ठूला खाल्डाखुल्डी परेका छन् । अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडकझैं भएको छ ।

आयोजनाका प्रमुख झा निर्माण कम्पनीको नियत ठीक नभएकाले अहिले अस्तव्यस्त भएको बताए । ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,’ उनले भने, ‘अहिले काम गर्छु भनेर प्रतिवद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम हो ।’

यो सडक विस्तारका लागि निर्माण कम्पनीले १७ चैत २०७३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १२ असाेज २०७६ सम्म काम सक्नुपर्ने समयसीमा भए पनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले काम अघि बढ्न सकेन । घरधनीहरूले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । २०७६ असोजको समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो । सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0