धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ १६ असार ।
बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारका बालबालिकाहरुलाई धादिङबेसीमा छात्राबृत्ति वितरण गरीएको छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका कामदारका परिवारलाई आवश्यक पर्ने शैक्षिक छात्रबृत्ति प्रदानगर्ने सम्बन्धमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी छात्राबृत्ति वितरण गरीएको सुचना तथा परामर्शकर्ता विनोद ढकालले जानकारी दिनुभयो।
अघिल्लो बर्ष निवदेन दिएका ६३ जना अभिभावकका छोराछोरीको लागि बैदेशिक रोजगार कार्यविधिले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा कार्यालय धादिङले अभिभावक र उनका वालवालिकाहरुलाई बोलाएर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ५ लाख ८४ हजार रकम वितरण गरीएको सामी परियोजनाकी लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।
छात्राबृत्ति वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईराला,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख यम बहादुर खड्का, शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, सामी कार्यक्रम अधिकृत कमल बहादुर रोकाय, कार्यक्रम संयोजक दिनेश दुवाडी, डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन बहादुर शाही ,लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारी, सुचना तथा परामर्शकर्ता विनोद ढकाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सामी परियोजना काकार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले गरेका काम र सुरक्षित बैदेशिक रोजगारको लागि अपनाउने पर्ने प्रकृयाको बारेमा जानकारी गराउनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |