धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
भैरहवा, १३ असार ।
कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।
आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले भने । अस्पतालका कर्मचारीले ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष् गरेका थिए।
संघर्ष समितिका सचिव जनकराज पन्तले अरु जिल्ला रकम आए पनि कोभिड डेडिकेटेड अस्पतालका स्वास्थ्यकर्मीले केही रकम नपाएपछि आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |