Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सीमानाकामा एक रुपैयाँ फाइदा लिएर चिनीको अवैध कारोबार

नीलकण्ठ एफ.एम ९३२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
सीमानाकामा एक रुपैयाँ फाइदा लिएर चिनीको अवैध कारोबार

भैरहवा, ५ असार । 

रुपन्देहीको सिद्धार्थनगर र कोटहीमाईको सिमाना दुर्गौलियामा झिसमिसे नहुँदै साइकल, मोटरसाइकल र पैदलमार्फत चिनी अवैध ओसारपसार हुन्छ । क्षमताअनुसार बालबालिकाले २५ केजी, साइकलमा एक बोरा र मोटरसाइकलमा चार बोरासम्म चिनी भारतबाट नेपालतर्फ ल्याइन्छ ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा पछिल्लो समय भारत सरकारले चिनी र गहुँ निर्यातमा बन्देज लगाएसँगै सीमा क्षेत्रमा यस्ता दृश्यहरू देख्न सकिन्छ । अवैध सामान ल्याउनेलाई नियन्त्रणमा लिए पनि दवावका कारण प्रहरीले छोड्नु परेको अवस्था देखिएको छ ।

दैनिक उपभोग्य बस्तु, हार्डवेयर, कपडा, खाद्यान्न, मेसिनरी तथा इलोक्ट्रोनिक्स सामानहरू दुर्गौलिया मात्र होइन कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाका त्यस्तै सेमरपानी, भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट पनि उत्तिकै मात्रामा नेपाल भित्रिन्छन् ।

सीमा विन्दुमै बस्ती भएकोले दशगजा नजिकै गोदाममा भण्डारण गरेर राख्ने र त्यहाँबाट आवश्यकताअनुसार पिकअफ, मोटरसाइकलमै भैरहवाको गल्लामण्डी, मणिग्राम बुटवलसम्म पठाउने गरेका छन् । भारतमा किनेका मूल्यबाट प्रतिकेजी एक रुपैया फाइदा लिएर चिनी सीमा पार गरी दशगजा नजिकै रहेको गोदामसम्म ल्याइदिने गरेका छन् । भारतमा किन्नेले दशगजा पार गरी नेपालतिर रहेको गोदामसम्म ल्याइदिने गरेका हुन् ।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मेउडिहवा लगायतका प्रहरी चौकीको बाटो हुँदै अवैध समान भित्रिने गरेको छ ।
प्रहरीले केही सामान नियन्त्रणमा नियन्त्रणमा लिए पनि तस्करी नियन्त्रण भएको छैन । आफनो क्षमता र जनशक्तिले भ्याएसम्म अवैध कारोबारलाई नियन्त्रण गर्न प्रयास गरिरहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति नै रहेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जिल्लामा तस्करी नियन्त्रणमै रहेको दाबी गरे । ‘खुला सिमाका कारण घरायसी प्रायोजनका लागि छिटपुट व्यवहारिक रुपमा भयो होला । तर, ठूलो मात्रामा चोरी निकासी भएको छैन,’ उनले भने ।

गत आइतबार सैनामैना–१० बाट ११ क्वीन्टल र बिहीबार देवदहबाट २८ क्वीन्टल चिनी जिल्ला मातहतको टोलीले गरेको छ । दैनिक रुपमा चोरी तस्करीका सामान बरामद भइरहेको डीएसपी पौडेलले भने ।

रुपन्देही सशस्त्र प्रहरीले पनि तस्करीका सामान नियन्त्रण गरिरहेको तथ्यांक पनि उस्तै छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पौडेलले दैनिक रुपमा तस्करीका सामान बरामद भइरहेको जानकारी दिए ।

चिनी मात्र हेर्ने हो भने गत १४ जेठमा २३ क्वीन्टल, १२ जेठमा  दुई क्वीन्टल बरामद भएको छ । यस्तै दैनिक रुपमा मातहतका प्वाइन्टहरूले अवैध सामान फेला पारी पक्राउ गरी कारबाही प्रक्रियाअगाडि बढाइएको बताए ।

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा कृत्रिम अभाव सृजना गरी अस्वाभाविक मूल्यवृद्धि भएको छ । नेपाली बजारमा चिनी करिब एक सयको हाराहारीमा बिक्री भइरहेको छ । भारतमा भने चिनीको मूल्यमा वृद्धि भने भएको छैन ।

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुुसार भारतले चिनी र गहुँको निर्यात बन्द गरेसँगै आयात शून्यमा झरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा एक करोड दुई लाख ९० हजार किलो चिनी आयात भएकोमा २०७८/०७९को वैशाखसम्म १६ लाख ८४ हजार २६९ किलो मात्र चिनी आयात भएको छ ।
यस्तै २०७७/७८ मा  आठ करोड १३ लाख किलो गहँु र तीन लाख ३८ हजार किलो गहुँको पिठो आयात भएको थियो ।  चालु आर्थिक वर्ष २०७८/७९मा ६ करोड १७ लाख केजी गहुँ र एक लाख ६० हजार केजी गहुँको पिठो आयात भएको छ ।

नेपाल चिनी उद्योग संघका अनुसार वार्षिक माग दुई लाख ५० हजार मेट्रिक टन छ । चालु अवस्थाका १२ वटा चिनी उद्योगले एक लाख ३१ हजार मेट्रिक टन चिनी उत्पादन गर्दै आएका छन् । कच्चा पदार्थको अभावले अहिले उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलेका छन् ।
देशमा अभाव नहोस् भन्ने हेतुले भारतले ११ जेठदेखि बाह्य मुलुकमा चिनी निर्यात बन्द गरेको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0