नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, १ असार
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ । कारोबार समय सुरु भएदेखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो ।
यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।
जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा एक सय ३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । विकास बैंक समूहमा पनि ५३ अंकले घटेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।
यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |