धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौं, १ असार
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर निष्काशन गरेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात तीन हजार तीन सय ५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
यी बाहेक बाँकी ६२ हजार ६ सय १५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी दुई करोड सात लाख पुग्ने छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डु रहेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो । यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ । लघुवित्त २३ मे २०१८ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |