कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१९ जेठ ।
वर्षयाम सुरु भएसंगै विपद् तथा प्राकृतिक प्रकोप लगायतका विपत्तिहरु निम्तने गरेका घटनाहरुको सम्झना आउने गर्दछ । वर्खायामको सिजनमा तराई पहाड तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले केही न केही बाधा अवरोध तथा प्राकृतिक प्रकोप वा विपत्तिका घटनाहरु व्यहोर्नुपर्ने अवस्था कायमै छ र व्यहोरिरहनु परेको अवस्था छ गत वर्षमा पनि निकै धेरै धन जनको क्षति भएको पाइएको थियो ।
वर्खा सिजनमा तराई क्षेत्रमा डुवान लगायतका समस्याहरु छन् भने पहाडी तथा उच्च पहाडि क्षेत्रमा बाढी पहिरो लगायतका समस्याहरुको सम्भाव्यता रहेको छ जसका कारण आम नागरिकहरु राम्ररी आफ्नो दैनिकी चलाउन सकिरहेका छैनन् ।अहिले भर्खर मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका कारण आम नागरिकहरुदेखी आम निर्वाचित जनप्रतिनिधिहरुले समेत यो विषयमा गम्भीरताका साथ कुरा उठाइरहेका छन् तर, यो व्यवहारतः कसले लागु गर्ला वा कस्ले यो ऐजेण्डामाथि बोलिराख्ला त्यो भने हेर्न बाँकी नै छ । गत वर्ष मात्र करिब ३०० जनाभन्दा बढी नागरिहरु बाढी पहिरोका कारण समस्यामा परी मृत्यु वरण गर्नुपरेको तथ्य हाम्रा सामु छन् ।
अहिले मुख्यगरी सडक क्षेत्रमा हुने वाढी पहिरोको पनि मुख्य समस्या छ । सामान्य खालको पानीको वार्षा हुँदा समेत सडकमा माटो तथा पहिरोको समस्या भैरहने अवस्था छ । वर्षायामको सुरुवाती अवस्थामा सामान्य किसिमको पानी पर्दा समेत सडक जामले यो स्थिति ल्याउदा हप्तौं दिनसम्म वर्षा हुने समयमा हाम्रो सडकमा संचालनमा आएको सवारीको अवस्था के होला ? के यो विषयमा सरोकारवालाहरुले सोचेको होलान् त ? भर्खर मात्र संघीय सरकारले अर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रमहरु हुँदै प्रस्तावित बजेट समेत वहुमतले पारित गरिसकेको छ ।
अव स्थानीय सरकारले समेत यो विषयमा १ महिनासम्म काम गर्दैछन् र स्थानीय तह वा जनताको प्रत्यक्ष रुपमा जोडियर काम गर्ने स्थानीय सरकारले पनि आफ्नो बजेट पेश गर्ने कार्यक्रम रहन्छ । अहिले धेरैजसो स्थानीय तहमा पदाधिकारीको निर्वाचनदेखी नियुक्ति तथा अन्य किसिमको प्रतिनिधित्व हुने व्यवस्था भए अनुसार नियुक्ति लगायतका काम कारबाहीहरु भैसकेका छ, नयाँ नियुक्ति पाएकाहरुदेखी विगतदेखी नै उपभोक्ता छ भन्ने र जाने बुझेकोमा गनिनेहरुले पनि यो वियायमा बुझ्न जरुरी छ ।
अहिले निर्वाचित भएकाहरु सबैले आगामी वर्षसम्म लाग्न सक्ने बाढी पहिरो लगायतका प्रकोप वा विपत्तिहरुको समाधानको विकल्प समेत दिन सक्ने गरी आउनु जरुरी छ । आफु के–के न जान्ने भनेकाहरुलाई जिम्मा दिइएका कामहरु हुन नसक्नु वा भद्रगोल हुने स्थिति आयो भने त्यो भन्दा बेकुफ अरु केही हुन सक्दैन ।
आ–आफ्नो स्थानिय तहमा रहेका नागरिकहरुबाट समेत यि र यस्ता कुराहरु सिक्न जरुरी छ,अन्यथा पुराना र नयाँ भन्नेको कुनै तुक देखिँदैन । एक्लाएक्लै देखिनुभन्दा बरु आम नागरिकहरुको सहकार्यबाट एटा काम एकपटक र अर्को अर्कोपटक हुने गरी जान सके अझ सुनमा सुगन्ध आउन सक्नेछ । निर्वाचनमा उपस्थित भएकाहरु सबै एकीकृत भएर लागौं । यसमा तपाई हामी आम नागरिकहरुको भविष्य छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।