Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

नीलकण्ठ एफ.एम ९६७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

काठमाडौं, १५ जेठ

काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि  साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ ।

काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ ।  शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । जापनिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् ।  जुन नेपालका अन्य रिसोर्टमा नपाइने परिकार हो ।  बेन्त्व बक्सहरु काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका अधिकारी किशोर हुँदा नै सन १९९५ तिरै  हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन । पोखरामा बुवा ढुंडीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटेल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र सौचालय जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे र आज जापानको हुक्काइदो सहरमा ‘विस्तारै विस्तारै’ नामका १० वटा रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।

जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन त्यसहरी नै काठमाडौं सहरको अव्यवस्थित ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय विताउने स्थान बनोस भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अध्यक्ष अधिकारी बताउँछन् ।  प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा विस्तार गर्न अधिकारीले करिब ८ रोपनी जमिनमा साढे ९ करोड लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई हाम्रो नेपाली ग्रामिण बाँस र माटोको कल्चरसँग मिस्याएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै ४ करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी हेड अफ डिपार्टमेन्ट सुनिता अधिकारीले भनिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै ४ करोड लगानी थपिन्छ होला ।’

परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापनिज न नेपाली परिका मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापनिज र नेपाली परिकार पस्कनु आफूहरुको उद्देश्य रहेको सुनिताले सुनाइन् ।

देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जंगलको बीचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँहरूमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउन रिसोर्टले उचित वातावरण निर्माण गरेको छ ।

यहाँको संचालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि वनरसीपको उद्देश्यले तयार गरिएको छ । हरेक कर्मचारीले अपनत्व ग्रहण गर्न केही प्रतिशत सेयर प्रदान गरिएको एचओडी सुनिताले सुनाइन् ।

देक्काइदोका विशेषताहरुः

बस्नका लागि टेन्टहरू  : घना जंगलको किनारमा दुई बेडसहितका तीनवटा आरामदायी डेक्काइडो टेन्ट हाउस, होक्काइदो टेन्ट हाउस र लाङटाङ टेन्ट हाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । तीं जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन्। टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।

पिकनिक, बीबीक्यू र रात्री भोज : दुई सयभन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले  आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ। साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बिकिक्यू वा साँझको पार्टी,  यो रमणीय प्राकर्तिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।

बैठक, सम्मेलनका लागि प्रबन्ध :  रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन औपचारिक र अनौपचारिक बैठकहरू, सम्मेलनहरू आयोजना गर्नसक्ने गरि प्रबन्ध मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँहरूको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिम प्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।

सुटिङ स्थल :  झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ  देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय भिडियो सुटिङ, टिकटक सुटिङको प्रचलन बढ्दै गएको छ । जसका लागि यो उपयुक्त रोजाइ बन्नेछ । देक्काइदो रिसोर्ट ओनसेनले सुटिङस्थलका रुपमा आफूलाई तयार राखेको छ । त्यसैले यहाँ शुन्दर वातावरणमा गीत, संगीतका भिडियोहरू, व्यावसायिक क्लिपहरू, चलचित्रका दृश्य वा छोटो फिल्म र टिकटक भिडियोहरू सुटिङ पनि गर्न सकिन्छ ।

Avatar

Avatar

Avatar

Avatar
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0