धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
चितवन, ११ जेठ।
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।
त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्याउने उनले तेस्रो निर्णय गरेकी छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |