हेटौंडा, ६ जेठ।
हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ ।
हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक-एक मत मात्रै पाएका छन् ।
स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेश बहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् । स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक-एक मत मात्र ल्याएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |