ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,०१ ज्येष्ठ ।
धादिङकोे गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी हुनुभएको छ ।
खनालले गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवार रमेश थापालाई १६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । खनालले वडाअध्यक्षमा १०४७ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवारले १०३१ मत ल्याउनु भएको छ । खनालले २०७४ सालमा पनि यहि वडाबाट अध्यक्षमा जित्नु भएको थियो ।
वडा नं २ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको १०३७ , कलम चिन्हको ८९५ र उपाध्यक्ष पदमा सुर्य चिन्हको ११२१ र रुख चिन्हको ८८१ मत प्राप्त भएको छ ।
यसअघि गल्छी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यदु कुमार खतिवडाले गठबन्धनका तर्फबाट समाजबादीको वडा अध्यक्षका उम्मेदवार माधव प्रसाद खतिवडालाई १३९ मतले पराजित गर्दै विजयी हुनु भएको थियो ।
गल्छी गाउँपालिकाको १ र २ नम्बर वडाको मतगणना सम्पन्न हुँदा गाउँ पालिका अध्यक्षमा नेकपा (एमाले), केदारनाथ खतिवडालाई २ हजार ४ सय ४९ मत प्राप्त भएको छ भने गठबन्धनको समाजवादीका कृष्णहरी श्रेष्ठलाई १ हजार ६८७ मत प्राप्त भएको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी राधा तिमल्सिनालाई २ हजार ४५ मत मत प्राप्त भएको छ भने गठबन्धनको नेपाली काङ्ग्रेसका भाइकाजी तिवारी १ हजार ९९०मत प्राप्त भएको छ ।
तस्बिर : केशव अधिकारी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |