Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

लोडसेडिङ अन्त्यको जस लिने होड

नीलकण्ठ एफ.एम १४६२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
लोडसेडिङ अन्त्यको जस लिने होड

काठमाडौं, २६ वैशाख । 

राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार वर्षअघि भएको थियो । त्यतिबेला १८ घन्टा लामो लोडसेडिङ अन्त्य भएको थियो ।

तर, सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै लोडसेडिङ अन्त्य गर्नेको जस लिए ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले नै ऊर्जा सङ्कटबाट देशलाई लोडसेडिङ अन्त्य गर्ने कार्यको सुरुवात गरेको हो । विद्युत आयात गर्ने अन्तरदेशीय ढल्केबर–मुजफ्पुर प्रशारण लाइन र सबस्टेशन निर्माणको कामको सुरुवात नेपाली कांग्रेसको पालामा भएको हो ।’

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लोडसेडिङ अन्त्य गरेको दाबी गरे । ६७ बुँदे अपिल पत्रको २७ नम्बरमा ओलीले लेखेका छन्, ‘नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा सङ्कटको स्थितिबाट लोडसेडिङ मुक्त बनायो ।’

यी दुई दलका नेताले मात्र होइन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोडसेडिङ अन्त्य आफ्नो सरकारले गरेको दाबी गर्दै आएका छन् ।

उक्त पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अहिले पनि उज्यालो नेपालका  अभियन्ता बताउने गरेका छन् ।

दोस्रो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउनमा प्रधानमन्त्री  भएका बेला ऊर्जामन्त्री रहेका शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका थिए ।

नियुक्त भएपछि सोही वर्षको तिहारमा काठमाडौंलगायत देशका ठूला सहरमा लोडसेडिङ  अन्त्यको गर्न थालेका थिए । एकातिर विद्युत चुहावट नियन्त्रण र अर्कोतिर आपूर्ती  व्यवस्थापनमा ध्यान दिँदै ठाउँठाउँमा ट्रान्सफर्मर परिवर्तन गरिदिएका थिए ।

जसका कारण  क्रमशः १८ घण्टा लामो लोडसेडिङ घट्दै अन्त्यमा औधोगिक क्षेत्रमा मात्र साढे ३ घण्टा  लोडसेडिङ थियो ।

दिक्दारलाग्दो लोडसेडिङ घट्दै गएपछि सरकार प्रमुख प्रचण्ड, विभागीय मन्त्री शर्मा र  लोडसेडिङ अन्त्य अभियानको नेतृत्वको रूपमा घिसिङको चर्चा चुलिएको थियो ।

र, लोडसेडिङको औपचारिक अन्त्य भने ३१ वैशाख २०७५ मा भएको थियो । जतिबेला  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री थिए ।

प्रचण्डको पालामा लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएर अन्त्य भएको घोषणा भने ओलीको पालामा भएको थियो । यही लोडसेडिङ अन्त्यको प्रारम्भिक काम भने कांग्रेस नेतृत्वको सरकारको पालामा भएको कांग्रेस प्रवक्ता महतले दाबी गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • समाचार
    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0