बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
एजेन्सी
नयाँ दिल्ली, २० वैशाख।
भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् ।
भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैैचाले उनको गाडीलाई चिसो राख्छन् । ४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।
फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो । मैले छतमा केही बिरुवाहरू हुर्काए यसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’
नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ । तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |