नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १४, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
  • स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
  • रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
  • यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
समाचार
ताजा समाचार

बुद्धकृष्णले छेडाए जिब्रो

नीलकण्ठ एफ.एम
  • २०७९ बैशाख २, शुक्रबार
  • ४ साल अघि
  • ६ मिनेट पढाइ
  • १५९२ पटक पढिएको
बुद्धकृष्णले छेडाए जिब्रो

भक्तपुर , २ वैशाख 

भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्राे छेड्ने जात्रा शुक्रबार सकिएको छ । यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । पछिल्लो पटक जिब्राे छेडाएका ४९ वर्षीय बुद्धकृष्णले यो पटक पनि नवौँपटक जिब्रो छेडाएका हुन् । यसअघि पछिल्लो वर्ष उनलै आठौँ पटक जिब्राे छेडाएका थिए ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन् । उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडेका थिए । त्यसपछि उनले २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए । जिब्रो छेर्ने जात्राको लागि पहिला बजेटको व्यवस्था थिएन ।

पहिला जसले जिब्रो छेड्ने हो उसले  इष्टमित्रलाई भोज खुलाउनपर्ने थियाे । तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गतवर्षदेखि एक लाख रुपैयाँ दिने गरेको छ।

जिब्रो छेडाउनु अघि दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् ।  नखाई बस्दा जिब्राे मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ । दुई दिन पछि जिब्रो छेड्ने दिन एक महिनादेखि  भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब एक फिट लामो सियाेले जिब्रो छेडिने गरिन्छ । जिब्रो छेड्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।

जिब्रो छेड्ने  व्यक्तिलाई सम्मानको रुपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गरिन्छ ।  जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

सयौँ वर्षदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सालसम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, १९९१ देखि २०२२ सालसम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ सालमा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ सालमा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले एक, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सालसम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सालसम्म तथा २०७३ देखि २०७९ सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण । समाचार

स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

८ घण्टा अघि
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह मुख्य समाचार

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

२२ घण्टा अघि
सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न मुख्य समाचार

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२२ घण्टा अघि
धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल मुख्य समाचार

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ दिन अघि
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड मुख्य समाचार

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

१ दिन अघि
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ मुख्य समाचार

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ

३ दिन अघि
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

४ दिन अघि
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल राजनीति

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

४ दिन अघि
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

४ दिन अघि
सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान मुख्य समाचार

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान

४ दिन अघि
पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल मुख्य समाचार

पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल

४ दिन अघि
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

५ दिन अघि
समाचार
स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0