नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १४, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
  • स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
  • रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
  • यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
समाचार
ताजा समाचार

पर्यटकीय र धार्मिक क्षेत्र : रौता र ताप्ली पोखरी (हेर्नुहोस तस्विरमा)

नीलकण्ठ एफ.एम
  • २०७९ बैशाख २, शुक्रबार
  • ४ साल अघि
  • २१ मिनेट पढाइ
  • १६७२ पटक पढिएको
पर्यटकीय र धार्मिक क्षेत्र : रौता र ताप्ली पोखरी (हेर्नुहोस तस्विरमा)

उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो ।

उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गर्दछन् । पर्यटकीय तथा धार्मिक हिसाबले नयाँ वर्षको दिन आन्तरिक पर्यटकहरु दुई पोखरीमा रमाउन युवा युवतीहरुको लर्को लाग्ने गरेका छन् ।

नयाँ वर्ष मनाउनेहरु यो दुई पोखरीमा नयाँ वर्षको दिन रमाउने गरेका छन् । पर्यटकिय तथा धार्मिक हिसाबले घुम्नै पर्ने मध्येको एक प्रकृतिक सौन्दर्यको ठाउँ हो यो ।

डाँडाको थाप्लोमा गोलाकार पोखरी, पोखरीमा पानी, पानीमा तैरिरहेको कमल । किनारको रुख मुनि रौतामाई । शितल अनि हरियाली । पवित्र एवं शान्त भूमि । रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ । उत्साहको लहर चल्छ ।

उदयपुरको रौतामाई गाउँपालिका–६ मा पदर्छ रौता पोखरी । यो पोखरी सदरमुकाम गाईघाटदेखि उत्तरी क्षेत्रको समुन्द्री सतहदेखि ५ हजार ९ सय फिट उचाईमा रहेको पोखरी १ बिगाहा क्षेत्रफलमा पैलिएको छ ।

पूर्वको प्रख्यात धार्मिक गन्तव्य रौता पोखरी । पोखरीको दक्षिणमा घना जंगल छ । जंगलको छायाँ पानीमा तैरिन्छ । रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ । त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ ।

रौतामाई प्रति यस्तो छ जनविश्वास

रौतामाई दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ । धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवा लगायत सबै खाले मनोकांक्षा पूरा हुने विश्वासमा बर्सेनी हजारौं तिर्थालु रौता पोखरी पुग्छन् ।

भाकल पूरा भएपछि तिर्थालुहरु बलि लिएर आउँछन् । देवीलाई चढाउँछन् । रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ । बोका, भाले र हाँस दिइँदैन । त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशुल आदि चढाइन्छ । वैशाख १ गतेका दिन मन्दिरमा ठूलो मेला लाग्छ । त्यति बेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ । पोखरीमा नुहाउन पाइन्न । बाहिरको धारामा नुहाउँछन् तिर्थालु । पोखरीकै पानी ग्यालिनमा झिकेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ ।

किवतन्ती
पुजारी भिमबहादुर राना मगरका अनुसार रौतारानीको महिमाका विषयमा एउटा घटना सुनाए ३६ वर्ष भएछ, पूजारी बनेको । वि.सं. १९६४ मा रुम्जाटार, ओखलढुंगाका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन । त्यतिबेला उनका ५ सय भेडा हराए छन् । भेडा हराएपछि उनले धुई धुई रौता वरिपरि खोजेछन, तर भेटिएन । त्यसपछि गुरुङले बुढापाकालाई सोध्दा ‘रौताको शरणमा जाउँ, भेटिन्छन’ भनेछन् । भुजुङ रौतादेवीको शरणमा पुगे । ‘मेरा भेडा देखा पार्दिनु देवी म यहाँ मन्दिर बनाउँछु’, उनले आँखा चिम्म गरेर याचना गरेछन् । त्यहिबेला भेडा कराएको आवाज सुनियो । नभन्दै सबै भेडा फेला परेछन् । त्यसबाट खुशी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाई दिएपछि उनका नातिले वि.सं २००७ सालमा ठूलो मन्दिर बनाए । तीसको दशकमा तिनै नातीले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पूजारीबा सुनाउँछन् ।

हिँडेर पोखरीको फन्को मार्न १० मिनेट जति लाग्छ । रौतापोखरी क्षेत्र पानीको मुहान पनि हो । यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन् । पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र अनि तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ । अनौठो कुरा–छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन । पात खस्यो कि चराले टिपेर किनारा लगिहाल्छ रे  पानीमा पात पर्ना साथ गुलाबी सिउँर भएका चराले चुच्चोमा च्यापेर घाम झुल्किनु अघि नै बाहिर फाल्छन् भन्ने सुनाए पूजारीले । वर्षैभरि घुम्न सकिन्छ रौतापोखरी । बिशेषतः फागुनदेखि बैशाखसम्म चहलपहल बढी हुन्छ । अरु बेला फाट्टफुट्ट आउँछन् तिर्थालु । हरेक औंसी, एकादशी, आइतबार र साउनमा मन्दिरमा पूजा चल्दैन ।

उनका अनुसार प्रत्येक वर्ष मेला भर्न र रौतारानी मन्दिरको दर्शन गर्न आउने आन्तरिक पर्यटनको संख्यामा भने बृद्धि हुदै गएको टिप्पणी गरे । सदरमुकाम गाईघाटबाट करीब ४० किलो मिटर उत्तरी भेगको साबिक आँपटार गाविस– ९ हाल रौतामाई गाउँपालिका– ६ मा रौतापोखरी पर्दछ ।

गाईघाटबाट करिब ३ घण्टामा यातायातको साधानबाट यात्रा गरेपछि पुग्न सकिने भएकाले पनि यस वर्ष विगतको तुलनामा धेरै नै मानिसहरु त्यहा पुग्ने अनुमान गरेका छन । गोलो बगाकार रुपमा फैलिएको रौता पोखरीको किनारमा मै रौतारानीको मन्दिर रहेको छ । जसमा परेवा र पाठी बलि दिने प्रचलन रहेको पाईन्छ । वर्षैदेखि नसुकेको रौता पोखरी जलवायु परिर्वतनका कारण केही वर्ष यता देखि भने सुक्ने गरेको पाइन्छ । लामो समय सम्म पानी नपरेर सुख्खा खरेडी परेकाले पनि पोखरीमा पानी सुनेको हो ।

मूल पुरोहितका अनुसार कहिले नसुक्ने रौता पोखरी २०५८ सालमा तत्कालिन राजा वीरेन्द्रको बंशनास भएको वर्ष सुकेको त्यो भन्दा अगाडी कहिले नसुकेको उनको भनाई थियो । रौता पोखरी सम्म जाने बाटोको स्तरोउन्नती नहुदा यात्रुहरु जोखिम पूर्ण तरीकाले यात्रा गर्न बाध्य छन् । बाटोको कारण रौता पोखरीमा सोचे अनुसारको तीथ्र यात्रीहरु आउन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । गाईघाटबाट पर्यटकीय क्षेत्र रौता पोखरी सम्म मोटर बाटो पुगेको भए पनि सडकको स्तरउन्नतिको काम नहुदा जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको गाईघाटको स्थानीय पत्रकार भक्तिबिलास पोखरेलको गुनासो छ ।

उनका अनुसार रौता पोखरीमा स्वच्छ खानेपानीको अभाब र मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नसकेको टिप्पणी गरे । मेलामा विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्नुका साथै साँगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने तयारी भई रहेको र रौतापोखरी नजिकै निकासमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि होम स्टे« सञ्चालनमा ल्याएको छ ।

पर्यटकीय महत्व

धार्मिक आस्था बोक्नेहरुका लागि त रौतापोखरी ‘ड्रिमल्याण्ड’ नै बन्न सक्छ । प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन । चुरे उपत्यका गाईघाटमा बस्नेहरु हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरु, उनीहरुलाई गर्मी छल्ने गन्तव्यका रुपमा रौतामा ल्याउन सकिन्छ । पोखरीबाट १ घन्टा उकालो चढि (२,१०० मिटर) मा पुगेपछि रमाईलो खर्क भेटिन्छ त्यहाँबाट तपाईका फाँटहरु देख्न सकिन्छ । डाँडाबाट हिमालको लामो लस्कर देखिन्छ ।

अतिथिलाई होमस्टेको सुविधा

रौतापोखरीको बेस क्याम्प निकास गाउँका ११ घरमा होमस्टे सुविधा छ । होमस्टेबाट १० मिनेट उकालो चढे पुगिन्छ रौता पोखरी । रौतापोखरीको बेस क्याम्पमा अबस्थित निकास गाउँमा बाहुनका २ र राईका ९ गरी जम्मा ११ घरमा होमस्टे सुविधा छ । त्यहाँ ०७१ सालदेखि होमस्टे सुविधा दिन थालिएकोछ । गज्जब कुरा के छ भने अन्यत्र पहिला होमस्टे सुरु हुन्छ अनि पर्यटक बढ्दै जाँदा आधुनिक सुविधायुक्त होटल खुल्छन् । तर, निकास गाउँमा सुरुमा सामान्य होटल खुलेपछि होम स्ट्रे खुलेका हुन । ससाना होटललार्ई होमस्टेमा रुपान्तरण गरिएको हो । होटलको बोर्ड राखेर चलाउँदा भन्दा होमस्टेका रुपमा सञ्चालन गर्दा सेवा र सुविधा बढी दिन सकिएको रौतामाई निकास सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जितशेर राई (विजय) बताउँछन् । होमस्टेका रुपमा ब्राण्डिङ गर्नु अघि यहाँका होटलले सामान्य खाना र बास सुविधा दिन्थे । राईका अनुसार कतिपय तिर्थालु आफैं चामल र तरकारी बोकेर आउँथे । होटलवाला पकाइ दिन्थे । त्यसको ज्याला लिन्थे । अचेल त्यसरी खाद्यान्न बोकेर आउँदैनन् । होमस्टेका रुपमा अघि बढेपछि खाना बनाउने र अतिथि सत्कार तालिम पाएपछि उनीहरुको गुणस्तर बढेको छ ।

होमस्टेमा एउटा घरमा ६ जना बस्न सक्छन् । लोकल चामल, तरकारी, पिठो र कुखराबाट परिकार लगायत यहाँको विशेष खाना हो । अडर अनुसार ढिडो पनि बनाउने गरेको छ । होमस्टेका संचालकहरुका अनुसार आउनु भन्दा अगाडी खबर गरेमा बालन, साकेला र रोधीको स्वाद पनि चाख्न पाइन्छ ।

डिपिआर सम्पन्न, केबलकार सञ्चालन गर्ने योजना

रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँपालिकाको प्रमुख धार्मिक गन्तव्य रौता पोखरीको गुरु योजना र डिपिआर सम्पन्न भएको बताए । त्यही अनुसार पूर्वाधार निर्माणमा पुरातत्व भल्किने मन्दिरको निर्माण गर्ने योजना समेत रहेको छ । यस्तै पोखरीको झार हटाउने, सुख्खा वाल लगाउनेसम्मको काम हुने छ । स्थानीय र प्रदेश सरकारबाट बजेट छुटिएर केही कामहरु बनाउन शुरु गरिएको बताए । उनले भने, ‘बेलदोभानबाट रौतासम्म केबलकार सञ्चालन गर्ने विषयमा त्रियुगा नगरपालिकासँग हामी सहकार्य गरेका छौं । रौता पोखरीको मात्र होइन उदयपुरकै अग्लो भूमि चित्रेको पर्यटन विकासमा समेत हामी जुटेका छौं । दुबै ठाउँलाई हामी नमूना गन्तव्य बनाउँछौं ।’ उनका अनुसार बैशाख १ गते मेला लगाउने जिम्मा स्थानीय युवाहरुलाई दिइएको छ ।

थुम हेर्न ताप्ली पोखरी

प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी साविक सगरमाथा अञ्चल हाल १ नं. प्रदेश उदयपुर जिल्लामा अवस्थित छ । उदयपुरको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका– २ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।

समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहेको ताप्ली पोखरी ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।  यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमश्रृखला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।

ताप्ली पोखरी ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराई ३ मिटर छ । तुसारो परि रहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई फैलिएको पोखरीलाई पन्चकन्या पोखरी नामले पनि चिनिन्छ । सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेको र पानी भर्न आएका पाँचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंवदन्ती छ । जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किवदन्ती गाउँलेहरु सुनाउँछन् । विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका सहरहरू अवलोकन गर्न सकिन्छ ।

यो पोखरी किनारमा भ्यू–टावर समेत निर्माण भैरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले १ नं. प्रदेशमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यो स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनैतिक इतिहास पनि छ ।

त्यसैगरी प्राकृतिक बनावट चित्ताकर्षक छ ७५ मिटर चौडाई र ३ सय २० मिटर लम्बाई भएको यस पोखरीमा सफा मौसमका पुग्दा पोखरीको संङलो पानीमा निलो आकाशको छाया ज्यादै लोभ लाग्दो देखिन्छ । यस पोखरीमा माछा भने पाईदैन । पोखरी करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । नयाँ वर्ष बैशाख १ गते विशेष मेला लाग्ने गर्दछ । मेलामा पुजा पाठ गर्ने, भाकल बुझाउने गर्दछ । यस पोखरीमा पुजापाठ गर्दा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको छ । सौदर्यले भरिपूर्ण पाखरीबाट सगरमाथा, लोत्से लगायतका हिमालहरु समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

पोखरीमा कटारी नगरपालिका, लिम्चुङ्बुङ, रौतामाई, उदयपुरगढी लगायतका जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा नयाँ वर्षमा मेला भर्न आउने गरेका छन् । घुम्नको लागि अति उपयुक्त ठाउँ भएपनि प्रचारप्रसारको कमी र पहाडको कच्चि सडक भएकाले बाहिरबाट खासै पर्यटकहरु नआउने गरेको स्थानीयले बताएका छन् । आज नयाँ वर्षका दिन राष्ट्रिय हास्य कलाकारहर प्रियजन राई, दिलिप तामाङ (हुरहुर) र लोक गायत बिनोद दनुवारको साँगितिक कार्यक्रम रहेको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण । समाचार

स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

८ घण्टा अघि
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह मुख्य समाचार

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

२२ घण्टा अघि
सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न मुख्य समाचार

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२२ घण्टा अघि
धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल मुख्य समाचार

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ दिन अघि
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड मुख्य समाचार

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

१ दिन अघि
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ मुख्य समाचार

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ

३ दिन अघि
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

४ दिन अघि
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल राजनीति

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

४ दिन अघि
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

४ दिन अघि
सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान मुख्य समाचार

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान

४ दिन अघि
पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल मुख्य समाचार

पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल

४ दिन अघि
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

५ दिन अघि
समाचार
स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0