युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
खोटाङ, १ वैशाख
खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।
हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा गुफामा राखिएको दानपेटीकाबाट ९३ हजार ९८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २०० र ढ्याके सटहीबाट ३ हजार ९०० आम्दानी भएको हो । २६ चैतमा शिवरात्री मेला परेका कारण पनि हलेसीमा १० दिनमा उल्लेख्य मात्रामा भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलव भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ«े बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रुपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।