युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
ज्योतिष तथा बास्तुविद्
ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।
‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् भन्ने धार्मिक मान्यता पनि रहँदै आएको छ ।
हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ ।
ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७९ मा निम्न विशेषताहरू समावेश भएको देखिन्छ । यस वर्ष राक्षस नामको संवत्सर सकिएर नलूनामको संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको फल विचार गर्दा वर्षको सुरुदेखि नै चुनावी माहोल बनिरहेकाले सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ ।
वैशाख ९ गते सम्म चुनावी तालमेलमा अशुभ योग परेकाले चुनाब सार्ने शक्तिको सकृयता बनिरहने छ । यस वर्ष शनि राजा र देवगुरु बृहस्पति मन्त्रीको भूमिकामा वर्षभरि शुभ वृद्धि भावमा रहनेहुदा बिशेषतस् शनि तथा बृहस्पतिको सकारात्मक तालमेल हुदा कृषि तथा पर्यटनबाट पूर्णरूपमा सहयोग बनिरहने छ ।
नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ । यसवर्ष संवत्सर प्रारम्भ हुने दिन चैत १९ गते शनिबार परेकाले शनिग्रह वर्षभरिका लागि राजा र वैशाख १ गते बिहीबार परेकाले मन्त्रीको पद देवगुरु बृहस्पति ग्रहलाई प्राप्त भएको हो ।
त्यसैले यस वर्ष राजा शनि तथा मन्त्री बृहस्पतिको सकारात्मक तालमेल हुँदा माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुनेयोग परेकाले आर्थिक रुपमापनि सुधार हुने हुँदा आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।
शनि तथा बृहस्पति ग्रहको प्रभावका कारण आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ, आमजनताले शान्तिको सास फेर्न पाउने छन् ।
यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ, आयातित सामग्रीको मुल्य बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण फलफूल र बालीनालीमा देशको दक्षिणी भेगमा नोक्सानी हुने सम्भावना छ ।
पछिल्लो समयमा देखा परेरको आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ । बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभरी नै बनिरहनेछ । अन्तरास्ट्रिय स्तरमा नेपालको उड्डयन क्षेत्रमा लगाईदै आएको कालोसूची यसै वर्षबाट हटाउन सक्नेछन् । लामो समयदेखि घाटामा रहेको शेयरबजार वैशाखको दोस्रो हप्ताबाट विस्तारै सुधार हुँदै जाने छ । छिमेकी देशसँगको सम्बन्ध वर्षभरि नै सकारात्मक रहिरहने छ । कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । समग्रमा २०७९ साल सकारात्मक नै रहने छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।