युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ,३० चैत।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ दियाले सिक्रेपिपलका स्थानियले सुरक्षीत खानेपानी पिउन पाउने भएका छन।

नेभर थर्स्ट परियोजनाको आर्थिक सहयोग र लिभिङ वाटर नेपालको प्राविधिक सहयोग तथा सामाजिक सहजीकरणको माध्यमबाट परियोजना सुरु भएसँगै धेरै लामो समयदेखि सुरक्षित खाने पानीको समस्या भोग्दै आएका दियाले सिक्रेपिपलका करिव ६७ घरधुरिले अब एक घर एक धाराको अवधारणा सहित सुरक्षीत खानेपानी पिउन पाउने भएका हुन्।

नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहहरुमा सुरक्षित खानेपानी योजना सम्पन्न गरिसकेको र केही योजना निर्माणको क्रममा रहेको लिभिङ वाटर नेपालको नुवाकोट जिला हेर्ने फिल्ड प्राविधिक अर्जुन क्षेत्रीले जानकारी दिनुभयो।दियाले वासिलाई सुरक्षीत खानेपानी घर घरमा पुर्याउनको लागि सहयोग गर्ने अवसर प्राप्त गरेकोमा आफुलाइ भाग्यमानी ठानेको क्षेत्रीको भनाई छ।

उपभोक्ताहरुलाई खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउनका लागि आफुहरु दिनरात नभनी अहोरात्र खटेर काम गरिहहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो।जिवनका लागि पानी भन्ने कुरालाई आत्मसात गर्दै सुरक्षित खानेपानी उपलब्ध गराउन लागेकोले स्थानीयको मुहारमा खुसी ल्याउन सफल लिभिङ वाटर नेपाल धन्यवादको पात्र रहेको स्थानीय पानी उपभोग कर्ता ईश्वर तामाङले बताउनुभयो।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।