वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२३ चैत।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले अबदेखि स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका छन्।सरकारले गत हप्ता स्वीकृत गरेको कार्यविधिअनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब मिर्गौला पीडित व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ । सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन–तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उहाँको भनाइ छ ।
उपचार खर्चबापत सो रकम पहिले नै पेन्सन पाइराखेकाहरूले भने नपाउने तर ज्येष्ठ नागरिक तथा एकल महिलाले भत्ता पाइरहेको भए पनि उपचार बापतको रकम पाउने डा. अधिकारीले स्पष्ट पार्नुभयो ।
सरकारले गत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।