Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धादिङमा १ लाख १ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

नीलकण्ठ एफ.एम १५३४ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)
धादिङमा १ लाख १ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

धादिङ,२२ चैत।
नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै छ।जसमा धादिङ जिल्लाका एक लाख बढि बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।जिल्लामा १५ महिनादेखि १५ वर्षमुनिका १ लाख १ हजार जना बालबालिकालाई टाइफाइड खोप लगाइने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो।

मंगलबार स्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको टाईफाईड बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात सम्बन्धी सञ्चारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा धादिङमा आगामी २५ चैतदेखि २८ सम्म तोकिएको बिद्यालय स्थित खोप केन्द्रबाट र २९ चैतदेखि ३ वैशाखसम्म छुट भएका लक्षि समुहलाई लगाइने जानकारी गराईएको थियो।

धादिङमा १ सय १७ स्वास्थ्य संस्था खोप केन्द्र र ४ सय ९९ बिद्यालय खोप केन्द्र गरी ६ सय १६ खोप केन्द्र तोकिएको छ।स्वास्थ्य कार्यालयका खोप अधिकृत पोखरेलले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताउनुभयो ।

पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उहाँको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उहाँको भनाइ छ । ‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन् ।

यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैं ठीक भएर जाने बताउनुभयो। यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने पोखरेलको भनाई छ।

आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।

यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने चिकित्सकको भनाइ छ । नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको चिकित्सकले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0