कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
लमजुङ, २० चैत
गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ ।
कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनी पढ्न समस्या भइरहेकाे उनले बताए ।
कक्षा १० मा पढ्ने माया गुरुङ पनि टण्टलापुर घाममा टेण्टमा बसेर पढ्न धेरै गाह्राे भएको बताउँछिन् । विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेण्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्रअ श्यामकृष्ण पन्तको भनाइ छ ।
उनी भन्छन्, ‘बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेण्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्रअ पन्तले बताए ।
२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्याएको छ । भानु माविसँगै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएकाे छ ।
मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि छन् ।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको छ । नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएकाे बताए ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।