कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
काठमाडाैं, २० चैत
२०७८, साल चैत महिनाको २० गते आज आइतबार । तद्नुसार अप्रिल महिनाको ३ तारिक २०२२ । चैतशुक्लपक्ष द्धितीया, अश्विनी नक्षत्र, वैधृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः५५ मा हुनेछ भने सूर्यास्त १८ः२२ मा हुनेछ ।
आइतबारलाई आदित्यबार पनि भनिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्न निकै लाभकारी भानिन्छ। आजको देवता दिती र ग्रहदेव गुरु रहेको छ । आज बिहान ११ः४३ देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेका काम शुभ हुनेछन् ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईंको स्वास्थ्यमा सुधार हुनेछ । आज विहान सूर्योदयको दर्शन गरेर साताका कार्ययोजना तयार गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन कुनै पनि शुभकार्य गर्न खोज्नुभएको छ भने पूरा हुनेछ । मनमा चिन्ता र भय केही नराखी आफ्नो कार्ययात्रामा निरन्तरकाममा लागिरहनुभयो भने सफलता मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले तपाईंमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम दिशा तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् । आजको दिन मौन रहेर आफ्ना काममा निरन्तर लागिरहनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) व्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । सबैको हित हुने कार्य सोच्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मक कार्यमा समय खर्च गर्नुहोला।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।