नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,१८ चैत।
धादिङको सिद्धलेक गाउँपालिका वडा न ४ स्थित आरुबासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिद्धलेक गाउपालिका र लायन्स क्लब अफ काठमाडौँ हाईभिजनको संयुक्त आयोजना तथा मनमोहन अस्पताल तथा तेज आई केयर सेन्टरको प्राबिधिक सहयोगमा शुक्रबार भएको उक्त शिविरमा चार सय ४८ जना नागरिकले सेवा लिएका छन्।
शिविरमा आँखा, नाक, कान घाँटी तथा स्त्रीरोगको परिक्षणका साथै औषधि वितरण गरीएको सिद्धलेक गाउपालिका वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटीले जानकारी दिनुभयो ।जसमा २२८ जनाले आँखा, १११ जनाले नाक, कान, घाँटी र ३९ जनाले स्त्रीरोग परिक्षण गराएको वडाध्यक्ष बराकोटीले बताउनुभयो।
वडाध्यक्ष बराकोटीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माको बिशेष आतिथ्यता रहेको थियो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |