रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
काठमाण्डाै ,१८ चैत्र ।
बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा ‘फ्थालेट्स’ नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको छ ।
एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो ।
एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक मानिन्छ । नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले बताउनुभयो । बङ्गलादेशलगायतका कतिपय देशमा मापदण्डभन्दा एक सय २२ गुणसम्म बढी पाइएको उहाँले बताउनुभयो ।
आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्याउने गर्छ ।
यसका साथै यो रसायनको प्रभावले प्रजजन क्षमतामा समेत असर पर्न सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शाहकाे भनाइ छ । उज्यालो
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |