Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

नीलकण्ठ एफ.एम १४५५ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (४ साल अघि)
निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

काठमाडौं, १८ चैत 

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ ।

निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘जिल्ला निर्वाचन सुरक्षा समितिले मतदानको दिन मतदान केन्द्रमा रहेको सुरक्षा टोलीलाई आवश्यकता अनुसार थप मद्दत पुर्याउनको लागि कानून बमोजिम सबै किसिमको बल प्रयोग गर्न पाउने गरी सुरक्षाकर्मी सहितको घुम्ती टोलीको व्यवस्था गर्नेछ,’ निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकामा भनिएको छ ।

घुम्ती टोलीले कुनै मतदान केन्द्रमा शान्ति सुरक्षा सम्बन्धी समस्या परेको जानकारी पाएमा तत्काल घटनास्थलमा पुगी शान्ति सुव्यवस्था कायम गर्ने कार्य गर्नेछ ।

घुम्ती टोलीले होहल्ला, हुलदङ्गा वा अरु कुनै अवाञ्छित कार्य गरी निर्वाचन कार्यलाई प्रतिकूल असर पार्न खोज्ने व्यक्ति वा समूहलाई सम्झाई बुझाई गर्ने कार्य समेत गर्नेछ ।

‘यसरी सम्झाई बुझाई गर्दा समेत त्यस्तो होहल्ला, हुलदङ्गा वा अवाञ्छित कार्यमा नियन्त्रण हुन नसकी निर्वाचनको कार्यमा प्रतिकूल असर पर्ने देखिएमा त्यस्तो घुम्ती टोलीले प्रचलित कानून बमोजिम आवश्यक बल प्रयोग गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ ।

निर्देशिकामा निर्वाचन सुरक्षाको लागि स्ट्राइकिङ्ग टोली समेत तयारी अवस्थामा राख्नुपर्ने जनाइएको छ । घुम्ती टोलीबाट सुरक्षा सम्बन्धी समस्या समाधान हुन नसकेको अवस्थामा स्थितिलाई नियन्त्रणमा लिनका लागि साधन स्रोत र अधिकार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल सहितको स्ट्राइकिङ्ग टोली तयारी अवस्थामा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको सुरक्षा वस्तुस्थितिको समीक्षा गरी आवश्यकता अनुसार विभिन्न किसिमका बम विष्फोटन सम्बन्धी खतरालाई प्रतिकार गर्न सक्ने नेपाली सेनाको बम डिस्पोजल टोली खटाउनेछ,’ निर्देशिकामा भनिएको छ ।

निर्वाचन सुरक्षाको लागि रिजर्भ सुरक्षा फौज पनि रहनेछ । निर्देशिकामा स्पष्ट शब्दमा लेखिएको छ, ‘जिल्ला निर्वाचन सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाको विभिन्न स्थानमा आवश्यकता अनुसार रिजर्भ सुरक्षा फौज रहने व्यवस्था मिलाउनेछ ।’

आवश्यक परेको स्थानमा हवाई सुरक्षा गस्ती पनि प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । ‘आयोगले गृह मन्त्रालयको समन्वयमा मतदानको दिन शान्ति सुरक्षाको स्थितिको निरन्तर निगरानी गर्न सुरक्षा टोली सहितको हवाई गस्तीको व्यवस्था गर्न सक्नेछ । यस्तो गस्तीले समस्याग्रस्त ठाउँमा तत्काल सुरक्षा टोली ओराली शान्ति सुव्यवस्था कायम राख्ने कार्य गर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0