ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङ,१७ चैत।
धादिङ जिल्लामा स्थानीय तहको निर्वाचनमा १ सय ९ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ३ सय ३ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ।
यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ।गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ।
धादिङमा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ ।यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन्।
धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन्।
देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ ।त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।
आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।
(हेर्नुहोस सूची)





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |