बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, १७ चैत
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो ।
यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।
‘डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमेर्टबाट उद्घाट गर्ने कार्यक्रम रहेको छ ।
उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासीहुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |