बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
मेक्सिको सिटी, १५ चैत
मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।
‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।
आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।
अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् । -एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |