Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला दिएका यी हुन् आठ सन्देश

नीलकण्ठ एफ.एम २३९३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (४ साल अघि)
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला दिएका यी हुन् आठ सन्देश

काठमाडौं, १३ चैत

नेपालको तीन दिने भ्रमण सम्पन्न गरी चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्केका छन् ।

५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण चिसिएको नेपाल–चीन सम्बन्धलाई वाङको भ्रमणले केही न्यानो प्रदान गरेको छ ।

उनले नेपाल रहँदा नेपालका समकक्षी डा नारायण खड्कासँग द्विपक्षीय वार्ता गरे । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । फर्कनुभन्दा केही घण्टाअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए ।

सबै भेटवार्तामा वाङले चीनले दिन खोजेको सन्देश स्पष्ट राखेका थिए ।

उनले दिएको पहिलो सन्देश छ, ‘अन्तर्राष्ट्रिय परिदृश्य र आन्तरिक परिस्थिति जस्तोसुकै भए पनि चीनले नेपालप्रतिको मित्रवत नीतिलाई निरन्तरता दिनेछ ।’

केही साताअघि नेपालको संसदले एमसीसी अनुमोदन गर्नुअघि चीनले सो विषयमा असन्तुष्टी जनाएको थियो । चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले कूटनीतिक दबाब दिएको आरोप लगाएको थियो । चीनले एमसीसी मार्फत अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत आरोप लगाएको थियो ।

नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्रीले केही दिनअघिको तिक्ततालाई बिर्संदै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पारस्परिक हित हुने सहयोगलाई बढावा दिने र चीन–नेपाल समुदायको निर्माणलाई अगाडि बढाउने कुरामा जोड दिएका थिए । यो उनले दिएको दोस्रो सन्देश थियो ।

वाङले दिएको तेस्रो सन्देश हो– नेपाललाई आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासमा सहयोग गर्ने । यसैमा टेकेर उनले नेपालका कुनै पनि दललाई काखा र पाखा नगर्ने स्पष्ट सन्देश दिएका थिए । उनले स्पष्ट शब्दमा भनेका थिए, ‘चीनको सहयोग नेपाली जनताप्रति केन्द्रित हुनेछ ।’

नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा सघाउन चीन इच्छुक छ– वाङले दिएको चौंथो सन्देश थियो । डा. खड्कासँगको भेटमा उनले यसको लागि राज्य शासनका अनुभव साटासाट गर्न समेत चीन तयार रहेको बताएका थिए ।

चिनियाँ विदेशमन्त्रीको पाँचौं सन्देश छ, ‘चीनले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीतिहरू अवलम्बन गर्न सहयोग गर्छ ।’ भेटमा वाङले चीनले जहिले पनि साना वा ठूला सबै राष्ट्रको समान सम्मान गर्ने र सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई सधैं सम्मान गर्ने बताएका थिए ।

नेपालमा कसैले भूराजनीतिक खेल खेल्न खोजे त्यो चीनको लागि सह्य नहुने उनले नेपाली नेतृत्वलाई दिएको छैटौं सन्देश थियो ।

‘नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक खेल खेल्ने प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेशमन्त्री वाङले स्पष्ट शब्दमा भनेका थिए ।

चिनियाँ विदेशमन्त्रीको सातौं सन्देशमा परेको छ चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) । उनले नेपाललाई बीआरआईबाट फाइदा लिन आग्रह गरेका थिए ।

‘विगत धेरै वर्षहरूमा दुई देशबीच बेल्ट एण्ड रोड सहकार्यमा सन्तोषजनक प्रगति भएको छ, जसले नेपालमा निर्माणलाई उल्लेखनीय रूपमा बढाएको छ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए ।

बीआरआई अन्तर्गत दुई पक्षबीचको मुख्य सहयोग परियोजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउन, दुई देशबीच सुख्खा बन्दरगाह सहज सञ्चालन गर्न, विद्युतमा सीमापार सहयोगको खोजी गर्न, जनता–जनताबीच सम्बन्ध विस्तार गर्न चीन तयार रहेको सन्देश दिएका थिए ।

उनले भेटवार्ताहरुमा सांस्कृतिक आदानप्रदान, हिमालयलाई दुई देशबीचको मैत्रीपूर्ण सहयोगको बन्धन बनाउन ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

चिनियाँ विदेशमन्त्रीले दिएको आठौं सन्देश थियो, ‘चीन–नेपाल रणनीतिक साझेदारी ।’ यो रणनीतिलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा पनि उठाएका थिए । संयुक्त विज्ञप्तिमा नै यो कुरा समेटिएको थियो । वाङले यसपटकको भ्रमणमा पनि चीन–नेपाल रणनीतिक साझेदारीको विषय उठान गरेका छन् ।

‘दुई देशका नेताहरूबीचको महत्वपूर्ण सहमतिबाट निर्देशित भएर चीन  चौतर्फी सहयोग विस्तार गर्न,  विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको चीन–नेपाल रणनीतिक साझेदारीलाई निरन्तर अगाडि बढाउन तयार छ,’ उनले प्रधानमन्त्री देउवासँगको भेटमा भनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • समाचार
    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0