काठमाडौं, १३ चैत
प्रमुख प्रतिपक्ष नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणा पत्रमा सल्लाह र सुझाव माग गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।
सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले [email protected] मा इमेल गर्न सक्ने बताए ।
प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने जनाए ।
केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।

बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने



