नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक २, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

कुन निर्वाचनमा कति मतदाता ?

नीलकण्ठ एफ.एम
  • २०७८ चैत्र १३, आईतबार
  • ४ साल अघि
  • १० मिनेट पढाइ
  • ३२३० पटक पढिएको
कुन निर्वाचनमा कति मतदाता ?

काठमाडौं, १३ चैत

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक गरेको छ ।

आयोगका अनुसार आगामी वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागी हुन पाउने कुल मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ । कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १० जना, महिला ८७ लाख ४१ हजार ५३० जना र अन्य १८३ जना रहेका छन् ।

नेपालमा भएका प्रत्येक निर्वाचनमा अघिल्लोमाभन्दा पछिल्लो निर्वाचनमा मतदाताको संख्या बढ्दै गएको देखिन्छ । २०७० सालमा सम्पन्न संविधान सभा सदस्यको लागि भएको दोस्रो निर्वाचन भने अपवादमा पर्छ । किनकी यो निर्वाचनमा अघिल्लो संविधान सभा निर्वाचनमाभन्दा मतदाता संख्या घटेका थिए ।

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार उक्त आम निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए ।

आम निर्वाचन २०१५ फागुन ७ गतेदेखि सुरु भई अन्तिम परिणाम २०१६ वैशाख २८ गते प्रकाशित भएको थियो ।

२००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताहरूले मतदान गरेका थिए ।

तत्कालिन राज महेन्द्रले २०१७ पुस १ गते ‘क’ू गरी बहुदयिलय व्यवस्था खारेज गरेका थिए । त्यसपछि उनले निर्दलीय पञ्चायती व्यवस्थाको थालनी गरेका थिए । पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो ।

जनमत संग्रहमा कुल मतदाता ७१ लाख ९२ हजार ४५१ रहेका थिए । जनमत संग्रहमा ४८ लाख १३ हजार ४८६ (६६.९२ प्रतिशत) मत खसेको थियो । खसेको मतमध्ये ३ लाख ७२ हजार ०६९ (७.६ प्रतिशत) बदर भएको थियो ।

जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा कुल २४ लाख ३३ हजार ४५२ (५४.७९) मत खसेको थियो भने बहुदलीय शासन व्यवस्थाको पक्षमा कुल २० लाख ७ हजार ९६५ (४५.२१) मत खसेको थियो ।

निर्वाचन आयोगले प्रकाशित गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तकमा नेपालका तत्कालिन ७५ जिल्ला मध्ये १९ जिल्लामा बहुदलीय पक्षमा धेरै मत खसेको उल्लेख गरिएको छ । बहुदलिय पक्षमा बढी मत खसेका जिल्लामा मोरङ, सुनसरी, सिराहा, उदयपुर, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रूपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेलधुरा रहेका थिए । अञ्चलका दृष्टिकोणले भने १४ अञ्चलमा नै सुधारिएको पञ्चायती व्यवस्था विजयी भएको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापन भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए । २०५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले ११० ठाउँमा जितेको थियो ।

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए । कुल ३ हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकाहरूमा निर्वाचन गरिएको थियो ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो । उक्त निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेले ८८ सिट जिती संसदमा सबैभन्दा ठूलो दल बनेको थियो ।

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो । दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो । त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए ।

२०५६ सालको आम निर्वाचनपछि देशमा धेरै राजनीतिक उतारचढाव आयो । तत्कालिन राज ज्ञानेन्द्र शाले २०६१ माघ १९ गते ‘कू’ गरी सत्ता हातमा लिए । राजाको कदमविरुद्ध २०६२÷६३ मा जनआन्दोलन भयो र राजाले संसद पुनस्थापना गरे । त्यसपछि संसदले राजसंस्था खारेज गर्यो । सशस्त्र संर्घष गरिरहेको माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो ।

माओवादीलाई समेत समेटेर २०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो । संविधान सभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो । यस मध्ये महिला मतदाताको सङ्ख्या ८७ लाख ३० हजार ३९० र पुरुष मतदाताको सङ्ख्या ८८ लाख ८१ हजार ४३९ थियो । यो निर्वाचनमा सबैभन्दा बढी सिट जिती तत्कालिन नेकपा माओवादी संविधान सभामा सबैभन्दा ठूलो दल बनेको थियो ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो । संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो । कुल मतदातामध्ये ५९ लाख ८० हजार ८८१ जना पुरुष, ६१ लाख ६६ हजार ८२९ जना महिला र १५५ जना तेस्रो लिङ्गी रहेका थिए । यो निर्वाचन मार्फत संविधान सभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।

दोस्रो संविधान सभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए । कुल मतदातामध्ये पुरुष ७० लाख ७९ हजार १५३,  महिला ६९ हजार ९३ हजार १२७ र तेस्रो लिङ्गी १४४ जना रहेका थिए ।

२०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२८ पुरुष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिङ्गी रहेका थिए । उक्त निर्वाचनमा सबैभन्दा बढी सिट जित्न नेकपा एमाले सफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

३ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

३ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

४ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

५ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

५ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

५ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

५ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

५ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

५ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0