वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१० चैत।आज विश्व क्षयरोग विरुद्धको दिवस,क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका साथ धादिङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।दिवसको अवसरमा आज स्वास्थ्य कार्यालय धादिङको आयोजनामा धादिङबेशीमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो ।
क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुने भन्दै उहाँले लुकेर बसेका क्षयरोगीहरुको उपचार चुनौतिको रुपमा रहेकाले त्यसका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताउनुभयो।
क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य शाखा प्रमुख रिजालको सुझाव छ ।धादिङमा चालु आ.बको साउनदेखी फागनुसम्म १५३ जना क्षयरोगका बिरामी देखिएका छन्।गत आ.वमा २०९ जना बिरामीमध्ये ९२ प्रतिशत निको भईसकेका छन् भने एकको मृत्यु भएको अन्तरक्रिया कार्यक्रम रिजालले बताउनुभयो।
सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ ।तर,कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन ।नेपालमा क्षयरोगको सङ्क्रमण घट्दै गएको भनिए पनि अध्ययनले नयाँ बिरामीको सङ्ख्या समेत धेरै रहेको देखाएको छ । सन् २०१८ मा भएको अध्ययनले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी देखाएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
नेपालमा सन १९९६ देखि क्षयरोेगीको पहिचान गरी उपचार गर्ने काम सुरु गरिएको छ ।हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले क्षयरोगको निदानका लागि उच्च प्राथमिकता दिएको छ। स्वास्थ्य मन्त्रालयले क्षयरोग नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै यसको औषधि उपचारमा पनि भारी सहुलियतको व्यवस्था गरेको छ ।चिकित्सकहरुले दुई हप्ता भन्दा बढि लगातार खोकी लाग्नुलाई क्षयरोगको संक्रमणको रुपमा लिँदै त्यस्ता बिरामीहरुलाई तत्काल क्षयरोग केन्द्रमा सम्पर्क राख्न पनि आग्रह गरेका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।