चितवन, १० चैत
बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको हो ।
गुरुङ पक्राउ गर्नुलाई निकुञ्जले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।
१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ९ कात्तिक २०६२ मा निकुञ्जमा दायर भएको बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा निकुञ्जले चितवन प्रहरीको सहयोगमा गुरुङलाई भरतपुर महानगरपालिका-१ लिलाचोकबाट पक्राउ गरेको हो ।

नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु



