Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

१५ दिने मध्यपरिक्रमा सुरु (फोटो फिचर)

३२४७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

जनकपुरधाम,१९ फागुन । 

धार्मिक तथा ऐतिहासिक  १५ दिने मध्य परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँसीदेखि पूर्णिमासम्म मनाइने उक्त परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोला निकालिएको छ । 

मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, मिथिला विहारी नगरपालिका मेयर सुनिल यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडल, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरसहितले आफ्ना काँधा थाप्दै मन्दिरबाट किशोरीजीको डोला बाहिर निकालेपछि परिक्रमा  प्रारम्भ भएको थियो । परिक्रमा प्रारम्भ गर्नुअघि नेपाल प्रहरीले किशोरीजीको डोलाइ सलामी दिएका थिए । 

धनुषा, महोत्तरी र भारत विहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरू समेटने परिक्रमा नेपालको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी १२० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा मनाइने गरिन्छ ।  तर, विभिन्न समस्याका कारण वर्तमान समयमा मध्यपरिक्रमामा रूचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनीय रहेको साहित्यकारहरूको भनाइ छ । मिथिला महात्ममा वर्णन गरिएको मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको साहित्यकार डा. राजेन्द्र बिमलको भनाइ छ ।

फागुने औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका  अन्य मठ मन्दिरबाट ल्याइएका डोलाहरू समेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ । 

डोलामा पछि पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखाैँ नरनारीहरु सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गर्दछ । 

परिक्रममाअन्तर्गत  क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको  अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले जानकारी दिए । 

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको उनले बताए ।  परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

  • नन्दानुभूती कविता सङ्ग्रह विमोचन

    नन्दानुभूती कविता सङ्ग्रह विमोचन

  • जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

    जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

  • “बच्छला सन्देश” पुस्तक विमोचन

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0