वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने र मानसिक विरामीलाई उपचारमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाले मानसिक स्वास्थ्य क्षेत्रमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरिरहेको भन्दै उहाँले यस सम्बन्धी नगरपालिकाले समुदाय स्तरमै गएर जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो।यसैगरी कार्यक्रममा जनस्वास्थ्य निरिक्षक शिव रानाले नीलकण्ठ नगरपालिकाले मानिसक स्वास्थ्य क्षेत्रमा जनचेतना मुलक कार्यक्रम गरिरहेको बताउनु भएको छ।
मानसिक बिरामीहरु उपचार पछि निको हुने भन्दै रानाले समस्या भएकाहरुलाई उपचारमा ल्याउनको लागि हामि सबैले सहयोग गर्नुपर्ने स्पष्ट पार्नुभयो।कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक मनोचिकित्सक डा.कमल गौतमले नेपालमा मानिसक स्वास्थ्यको अवस्था, आत्महत्या रोकथामको लागि गर्नुपर्ने काम र बिरामीहरुलाई उपचारमा ल्याउने प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी विश्व स्वास्थ्य संगठनले तयार पारेको समुदायमा मानसिक स्वास्थ्य दुरी मेटाउने कार्यक्रम सम्बन्धी सहयोगी सामाग्री एमएच ग्याप बारे पनि बृहत छलफल गरि सुझाव संकलन गरिएको छ । नीलकण्ठ नगरपालिकाले सुरक्षित आप्रवासन सामि परियोजना अन्तरगत बैदेशिक रोजगारको कारण उत्पन्न भएका मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई निशुल्क मनोविमर्श सेवा प्रवाह गरिरहेको छ ।



मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।