नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
स्वास्थ्य
ताजा समाचार

राष्ट्रिय सभा निर्वाचन : निर्वाचन आयोगले जारी गर्‍यो स्वास्थ्य सुरक्षा मापदण्ड

  • २०७८ फागुन २७, शुक्रबार
  • ४ साल अघि
  • १३ मिनेट पढाइ
  • १४३२ पटक पढिएको
Post Thumbnail

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ । 

आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो । 

राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ । 

जारी विज्ञप्ति 

निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड स्वीकृत गरी निम्नानुसार निर्देशनहरू जारी गरेको छ ।   

१. राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने छ । 

२. मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्नेछ ।

३. मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ । 

४. मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ । 

५. पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रूपमा Face Shield पञ्जा र मास्क लगाउनु पर्नेछ । 

६. मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । 

७. मतदान अधिकृतले समय समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

८. मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसङ्क्रमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नु पर्नेछ । 

९. मतगणनाको लागि तयार गरिएको मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था गर्नु पर्नेछ । 

१०. मतदान स्थल र मतगणना स्थलमा अनावश्यक भिडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

११. मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नु पर्नेछ। एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ ।

१२. राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनु भन्दा ७२ घण्टा अघि निज मतदाताहरू उअच परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

१३. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था गर्न सक्नेछ । 

१४.  मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्नुपर्नेछ । 

१५ . प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नु अघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिन यता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ/छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

१६. मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्नेछ । यदि उक्त मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्नुपर्नेछ र हातलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्नुपर्नेछ । 

१७. बुँदा नं. १५ र १६ बमोजिमका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटीकाको व्यवस्था गरी मतदान गराउन सक्ने छन् । यसरी मतपेटिकाको व्यवस्था गरिएकोमा उक्त मतपेटिका छुट्टै राखी निसङ्क्रमण गरी अन्य मतपेटीकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

१८. मतगणना स्थलमा सामाजिक दुरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै अनावश्यक भिडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउनु पर्नेछ ।  

१९. जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ब्यवस्था मिलाउने ।

२०. कोभिड सङ्क्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगित गरी हातमा पन्जा मास्क Face Shield लगाई मतदान गर्न लगाई निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामाग्रीहरू निसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारू गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

२१. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था अनुसार थप स्वास्थ्य सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ ।

२२. राष्ट्रियसभा सदस्य निर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा पालना गरी गराई आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगको लागि निर्वाचन आयोग सबै सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछ । राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ आयोगको वेब साईट धधध।भभिअतष्यल।नयख।लउ मा पनि हेर्न सकिने छ । 

कोमल प्रसाद धमला
सहायक प्रवक्ता

"Avatar"

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धित थप
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

२ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

४ दिन अघि
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट मुख्य समाचार

पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

१ हफ्ता अघि
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन मुख्य समाचार

नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

१ महिना अघि
धादिङका डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा निर्वाचित मुख्य समाचार

धादिङका डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा निर्वाचित

२ महिना अघि
सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल विचार

सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

२ महिना अघि
स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण मुख्य समाचार

स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

३ महिना अघि
धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा मुख्य समाचार

धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

४ महिना अघि
कर्णेश्वर माविमा क्षयरोग निवारण संस्था (जुनियर नाटा) पुनर्गठन मुख्य समाचार

कर्णेश्वर माविमा क्षयरोग निवारण संस्था (जुनियर नाटा) पुनर्गठन

४ महिना अघि
धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा मुख्य समाचार

धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

४ महिना अघि
सिद्धलेकमा मोतियाविन्दु स्क्रिनिङ अभियान सुरु, पहिलो दिन ९४ जनाको आँखा परीक्षण मुख्य समाचार

सिद्धलेकमा मोतियाविन्दु स्क्रिनिङ अभियान सुरु, पहिलो दिन ९४ जनाको आँखा परीक्षण

४ महिना अघि
नेत्रावतीको माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण मुख्य समाचार

नेत्रावतीको माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

४ महिना अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0