वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, २० जेठ
गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ । नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै आएको नीलकण्ठ संवादमा बोल्दै उहाँले अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगको कारण मानिसहरुको मृत्यु भएको बताउनु भएको छ । अस्वथ्य खानपान र अल्छिपनाको कारण मानिसहरुमा नसर्ने रोग बढेको भन्दै उहाँले स्वस्थ्य रहनको लागि आनिबानी परिवर्तन गर्नको लागि आग्रह गर्नुभयो ।
गंगाजमुना गाउँपालिकामा हाल पाँच वटा स्वास्थ्य चौकीहरु र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।चेतनाका हिसाबले पनि गँगाजमुना गाउँपालि धेरै पछाडी रहेको भन्दै चुनौती रहेको बताउनुभयो । गंगा जमुना गाउँपालिका गंगा र जमुना नाम गरेको दुई वटा झरना बाट रहन गएको भन्दै गाउँपालिकालाई पर्यटन क्षेत्रमा प्रबद्र्धन गर्न सकिने बताउनु भएको छ ।उहाँले जनताको सबै ठाउँमा स्वास्थ्यको पहुँच राम्रो होस भनेर हामीले पहुँच नपुगेको ठाउँमा संस्था पनि विस्तार गर्दै गएको बताउनुभयो । गाउँपालिकामा पहिला ५ वटा स्वास्थ्य चौकी र तीन वटा मात्रै सामुदायिक स्वास्थ्य एकाई पनि स्थानीय गाउँपालिकाले नै खर्च व्यहोर्ने गरि स्थापना भएर संचालनममा आईसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । सुत्केरी कुरुवा घर बनाउने योजना भएको भन्दै उहाँले आगामी बर्ष भित्र काम सम्पन्न गरीसक्ने बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।