वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, २८ चैत
पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको दल नेकपा एस (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी भएको दाबी गरेको छ ।
शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको हो ।
त्यहाँ भनिएको छ, ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’
एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।
जबकि, एमाले देशकै ठूलो कम्युनिस्ट पार्टीको रूपमा अस्तित्वमा छ । सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रवृत्तिगत आक्षेप लगाउँदै बाहिरिएका नेताहरूले गठन गरेको दल एकीकृत समाजवादी हो ।
यही दलले तयार गरेको घोषणापत्रमा ओलीले नेतृत्वको गरेको एमालेलाई नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को रूपमा अस्वीकार गरेको हो ।
घोषणापत्रमार्फत ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि एकीकृत समाजवादीको छ । अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ आएको उल्लेख गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |