Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै, २० किमी नदी सौन्दर्यीकरण यसै बर्ष सकिने

नीलकण्ठ एफ.एम २९०९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २८, सोमबार (४ साल अघि)
बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै, २० किमी नदी सौन्दर्यीकरण यसै बर्ष सकिने

काठमाडौं, २८ चैत

बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ ।

मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो ।

यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।

बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वीस बर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ ।

नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रुपमा बागमती सरसफाईको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाई अभियान ४६६ औ हप्ता पुरा गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलल े नदीको संरक्षर र विकास गर्ने उदेश्यसहित वीस बर्षे कार्ययोजना (एक्सन प्लान) तयार पर्ने कामलाई अघि बढाएको बताए ।

उनका अनुसार एक्सन प्लान यस आर्थिक बर्षभित्र नै तयार भएर आगामी आर्थिक बर्षबाट कार्यान्वयमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धी र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

‘प्रत्येक बर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्य अनुसारको काम हुन सकेको छैन’, उनले भने,‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रुपमा अघि बढाउँछौं ।’ प्लानमा नदीको मापदण्ड कायम गर्ने, वहाव क्षेत्र निर्धारण गर्ने,नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ ।

समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस बर्षबाट बर्षाको समयमा पानी संकलन गर्ने भएको छ ।

समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडोर सडक र ९० किलोमिटर ढलको पाइन विछ्याउने काम सम्पन्न भएको छ । जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६/१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गेहेश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढदा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा कोरिडोर निर्माणको कामलाई तीब्रता दिएको बताए ।

समितिले निजी क्षेत्रेसहितको सहभागीता नदी किनारामा ३१ वटा हरियाली प्रबद्र्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै बर्षभित्र सम्पन्न गर्ने बताएको छ ।

हाल गोकर्णदेखि गुहेश्वरी, तिलगंगा क्षेत्र, युएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकाका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकाशं स्थानमा कोरिडार निर्माणको काम सम्पन्न भएको बताए ।

नदी किनारामा रहेको अस्थायी बसोबासको कारण केही क्षेत्रमा कोरिडोर निर्माणको काम हुन नसकेको बताउदै उनले नदीको मुहान बाग्द्धारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । उनका अनुसार समिति स्थापना भएको २७ बर्षको अवधिमा हालसम्म नदीको संरक्षण र विकासमा १५ अर्ब रुपमा खर्च भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

  • आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

  • अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

  • समाचार
    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0