धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
काठमाडौं, २६ असोज
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा बिजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् ।
नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० बैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे ।
‘३० बैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडी सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन ।’
अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन् ।
‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच बर्ष पुग्नेहरूको भावना विपरित छ ।’ स्थानीय तह निर्वाचनमा ३० बैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने ईगिंत गरेका छन् ।
यद्यपि, ३० बैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका ब्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । ‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० बैशाखका चुनावको तयारीमा जुटौं’ नेपालको भनाइ छ । नेकपा एमालेवाट बिभाजिन भएपछि स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत पहिलो पटक चुनावी मैदानमा उत्रदैछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |