धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२६ चैत।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै बिभिन्न दलका शीर्षदेखि स्थानीय तहसम्मका नेताहरू धमाधम चुनावी प्रचारमा व्यस्त छन् । स्थानीय तहमा आन्तरिक तयारीमा जुटेका छन् । धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका लागि ४ जना आकाँक्षी देखिएका छन् ।
बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि काँगेस सिद्धलेक–२ का सभापति सागर गुरुङ, सिद्धलेक गाउँपालिकाका उप सभापति शालिकराम सिलवाल, महिला संघ वडा नं २ की अध्यक्ष अप्सरा रेग्मि र काँगेस सिद्धलेक गाउँपालिकाका सह–सचिव एवम युवा नेता सुवास गिरीले वडाध्यक्ष पदका लागि आकाँक्षा ब्यक्त गरेका छन् ।
सागर गुरुङ अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार कमल गुरुङसँग ७४ मतले पराजित हुनुभएको थियो। सक्रिय राजनीति गरिरहेको सिलवाल बलिया उम्मेदवारको रुपमा देखिएका छन् ।
त्यस्तै रेग्मी महिलाबाट प्रतिनिधित्व हुनुपर्ने भन्दै दाबि गरिरहेकी छीन ।अर्का आकाँक्षी गिरी कांग्रेसको युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।स्कुले जिवनबाटै राजनितिमा सक्रिय भएका गिरी समाजसेवामा समेत सक्रिय रहेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |