वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, २५ चैत।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।
अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।
‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’
यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।
मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे । ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |