बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
किभ, २४
युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन— खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् ।
‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।
सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ ।
यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरु र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो ।
त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् । -एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |